नोबेल पुरस्कार विजेता नरगिस मोहम्मदीको जेल सजाय थप

एजेन्सी । इरानको क्रान्तिकारी अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीको जेल सजाय १५ महिना थप गरेको छ ।

मोहम्मदीले यसअघि पनि विभिन्न मुद्दामा १२ वर्षको जेल सजाय भोगिसकेकी छन् । उनी जेलमा रहँदा इस्लामिक गणतन्त्र इरानविरुद्ध प्रचार गरेको आरोप लगाइएको छ।

मोहम्मदीको परिवारले पछिल्लो निर्णयको विरोध गरेको छ । सन् २०२१ को मार्चदेखि मोहम्मदीलाई सजाय दिइएको यो पाँचौं पटक भएको परिवारले जनाएको छ ।

पछिल्लो सुनुवाईमा उनी आफै उपस्थित थिइनन् र उनको अनुपस्थितिमा सजाय सुनाइएको थियो।

नर्गिस मोहम्मदीले दशकौंदेखि इरानमा मानवअधिकारका लागि आवाज उठाइरहेकी छिन्। उनी पछिल्ला दुई दशकदेखि जेलभित्र र बाहिर रहँदै आएकी छन् । उनी अहिलेसम्म १३ पटक पक्राउ परेकी छन् र यस अवधिमा उनले ३१ वर्ष जेल जीवन बिताइसकेकी छन् ।

१५ महिनाको थप सजायसँगै उनलाई तेहरानबाट बाहिर निकाल्न पनि आदेश दिइएको छ । यसको मतलब उसलाई इभिन जेलबाट कतै लगिनेछ।

पछिल्लो आदेशमा यो पनि भनिएको छ कि उनको जेल सजाय पूरा भएपछि मोहम्मदीलाई दुई वर्षसम्म विदेश जान प्रतिबन्ध लगाइनेछ र उनी कुनै राजनीतिक दल वा सामाजिक समूहको हिस्सा बन्न सक्दिनन्। यो अवधिमा उनले आफ्नो मोबाइल फोन पनि चलाउन पाउँदिनन् ।

५१ वर्षीय मानवअधिकार कार्यकर्ता मोहम्मदीले धेरै धम्की र गिरफ्तारीको बाबजुद आफ्नो काम जारी राखेकी छन्।

इरानमा महिला उत्पीडनविरुद्ध आवाज उठाएकोमा उनलाई गत वर्ष २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।  

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार