पुलिसविरुद्ध कोशीका सुजन थपलियाको शतक

काठमाडौं – कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् । जारी प्रतियोगितामा यो चौथो शतक हो ।

यसअघि नेपाल पुलिस क्लबका रासिद खान, एपीएफका सन्दीप जोरा र नेपाल आर्मीका बिनोद भण्डारीले शतक हानेका थिए । एक सय ५ रन बनाउने क्रममा थपलियाले १२६ बलमा ६ चौका र ८ छक्का हाने ।

कोशीका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कोशीलाई नेपाल पुलिस क्लबले अलआउट गर्ने क्रममा १६६ रनमा रोक्यो ।

पुलिसका करन केसीले ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले समान २-२ विकेट लिए । कुशल भुर्तेल, सारिद खान र सागर ढकालको नाममा समान १-१ विकेट रह्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार