आउँदो मार्च १५ सम्म सबै भारतीय सैनिक फिर्ता लैजान मालदिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह

माले- माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मुइज्जुले भारतलाई आगामी मार्च १५ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान आग्रह गरेका छन् । भारतीय सेना फिर्ता गर्ने विषयमा त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

भारत र माल्दिभ्सबीच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुको यो भनाइ आएको हो । राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।

बैठकमा माल्दिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत सहभागिता रहेको द माल्दिभ्स जर्नलले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार