वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित

ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए । यो वेस्ट हाम युनाइटेड यस सिजनमा १०औं जित हो । यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै आर्सनलले भने यो हारपछि शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो यस सिजनमा आर्सनलको तेस्रो हार हो । १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ ।

आर्सनलको हारपछि यसको फाइदा लिभरपुललाई भएको छ । लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार