वल्भ्सको घरेलु मैदानमा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा वल्भ्सले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ । वल्भ्सले आफ्नो घरेलु मैदानमा चेल्सीलाई पराजित गरेको हो ।

खेलमा ५१औं मिनेटमा मारियो लेमिनाको गोलबाट वल्भ्सले अग्रता लिएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा म्याट वल्भ्सकै डोहोर्टीले गोल गर्दै अग्रता दोब्बर पारे ।

चेल्सीका वैकल्पिक खेलाडी क्रिस्टोफर एनकुन्नुकले इन्जुरी टाइमको छैटौं मिनेटमा एक गोल फर्काए । तर त्यो गोल चेल्सीको हार टार्न पर्याप्त हुन सकेन ।

वल्भ्ससँग पराजित भएपछि चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफू अहिले नै निराश नभएको बताए । उनले चेल्सीले योभन्दा राम्रो गर्न सक्ने दाबी गरे ।

यस सिजनको आठौं हारपछि चेल्सी १८ खेलबाट २२ अंकसहित दशौँ स्थानमै छ । वल्भसको पनि समान २२ अंक नै भए पनि गोल अन्तरमा चेल्सीभन्दा एक स्थान पछि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार