प्रदेश २ सभाको बैठक फेरि स्थगित, अर्को बैठक २५ गते

प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

सूचनामा भनिएको छ, ‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।’ बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा बैठक बस्न नसक्दा गत असार १ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७८र७९ को बजेटमाथि छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका थिए ।

उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार