बागलुङको ताराखोलामा बाढीले घर भत्किँदा २० वर्षीय कार्की बेपत्ता

बागलुङको ताराखोलामा बाढीसँगै आएको पहिरोले घर भत्किँदा एक जना बेपत्ता भएका छन् । गएरातिदेखि परेको वर्षाका कारण ताराखोला गाउँपालिका ३ हिल घुस्मेलिमा पहिरोले घर भत्किँदा कृष्ण कार्कीको छोरा २० वर्षीय राजेन्द्र कार्की सम्पर्कविहिन भएका हुन् ।

वडाध्यक्ष ३ का दिलबहादुर बस्नेतका अनुसार खोलाले धार परिवर्तन गरेर घरमाथिबाट बाढी आउँदा पहिरो झरेर घर पुरिएको हो । पहिरोले स्थानीय चन्द्र कार्कीको फर्ममा पालेका २७ वटा बाख्रा मरेका छन् भने ध्व्र खत्रीको पसल पुरिएको छ । उनका अनुसार बेपत्ता कार्कीको प्रहरी र स्थानीयको सहयोगमा खोजी भइरहे पनि अहिलेसम्म भेटिएका छैनन् ।

यस्तै अन्य टोप बहादुर र महेन्द्र कार्कीको घर बगाएको छ भने मानवीय क्षति नभएको वडाध्यक्ष बस्नेतले बताए । उनका अनुसार बाढीले ताराखोलामा ठूलो क्षति पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार