हमासका नौसेना कमान्डर मारिएको इजरायलको दाबी

इजरायली सेनाले प्यालेस्टाइनी लडाकु समूह हमासका नौसेना (जलसेना) कमान्डर मारिएको दाबी गरेको छ ।

इजरायली रक्षा बलले खान युनिसमा गरिएको हवाई आक्रमणमा हमास नौसैनिक सेनाका कमान्डर अमर अबु जलालाह मारिएको जनाएको हो ।

उक्त आक्रमणमा नौसेना एकाइका अर्का एक सदस्यको पनि मृत्यु भएको बताइएको बीबीसीले उल्लेख गरेको छ ।

खान युनिस गाजाको दक्षिणमा रहेको सहर हो । इजरायलको निर्देशनमा हजारौँ विस्थापित नागरिक उत्तरबाट त्यहाँ भागेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार