बन्धक छुटाउने सर्तमा युद्ध रोक्न इजरायल सहमत, पहिलो चरणमा ५० जनालाई रिहा गर्ने

हमासका कब्जामा रहेका बन्धकलाई रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत भएको छ ।

इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक ९महिला र बच्चासमेत०चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

बन्धक छाड्ने विषयमा सम्झौताका लागि इजरायल र हमासबीच कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ बन्धक छाडिसकेको छ ।

इजरायली मन्त्रिपरिषद् बैठकले बन्धक छाड्ने र युद्ध विराम गर्ने सम्झौताको प्रस्ताव स्वीकृत गरिसकेको छ । तर सबै बन्धक सुरक्षित रूपमा घर फर्किएपछि हमासविरुद्धको कारबाही पुनः सुरु हुने इजरायलले जनाएको छ ।

हमासले २४० जनालाई बन्धक बनाएको इजरायली सरकारको दाबी छ । जसमा नेपाली विद्यार्थी विपिन जोशीसमेत पर्छन् ।

इजरायली सुरक्षा फौजले जोशी गाजामा हमासको कब्जामा रहेको दाबी गरेको छ। जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि गाजास्थित शिफा अस्पताल पुर्‍याएको भिडिओ सार्वजनिक गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार