बूढानीलकण्ठमा युवक मृत फेला

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित मुस्कानचोकमा एक युवक मृत फेला परेका छन् ।

ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० घर भएका ३४ वर्षीय प्रकाश बुढाथोकीको डेरामा उनकै भाइ ३२ वर्षीय उमेश बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार