काठमाडौंमा विद्यार्थी महोत्सव हुने

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ ।

अनेरास्ववियुको ६०औं स्थापना दिवसको अवसर पारेर जेठ १ देखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा महोत्सव गर्न लागिएको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त महोत्सवमा २ सय वटा भन्दा बढी स्टल रहनेछन् भने विभिन्न १४ विधामा कार्यक्रम हुनेछ ।

महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी दिने, लाइभ म्युजिक, करियर काउन्सिलिङ, युवा संसद बहस र संवाद, पर्यटन भिजन, विश्वविद्यालयबारे जानकारी, कानुनी शिविरलगायत कार्यक्रम हुने पौडेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार