राष्ट्रपतिसमक्ष उपनिर्वाचन परिणामको प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेश गरेको छ ।

बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसमक्ष यही वैशाख १५ गते भएको उपनिर्वाचन मतपरिणामको प्रतिवेदन पेश गरेका हुन् ।

वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १९१०मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार