अपहरणमा परेको १३ दिनपछि रिहा भए लिभपुरका स्टाइकर डियाचका बाबु

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्ट्राइकर लुइस डियाचका बाबु अपहरणमुक्त भएका छन् । अपहरणमा परेको १३ दिनपछि डियाचका बाबु लुइस म्यानुएल डियाच अपरहणमुक्त भएका हुन् ।

अक्टोबर २८ मा नेसनल लिबरेशन आर्मी (इएलएन) का वामपन्थी छापामारहरूले डियाचका आमाबाबुलाई अपहरण गरेका थिए । त्यसको केही दिनमा डियाचकी आमालाई छाडे पनि उनीहरुले बाबुलाई भने नियन्त्रणमै राखेका थिए । अन्ततः इएलएनले बिहीबार लुइस म्यानुएललाई अपहरणमुक्त गरेको हो ।

इएलएनका सदस्यहरुले उनलाई संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुको रोहबरमा अपहरणमुक्त गरेका हुन् ।

डियाचका बाबुआमालाई कोलम्बियाको उत्तरी क्षेत्र ला–गुआजिरामा उनीहरुको गृहनगरबाट ब्यारान्कासको ग्यास स्टेशनसम्म मोटरसाइकलमा सशस्त्र व्यक्तिहरुले लगेको थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार