इजरायलले भन्यो– गाजा दुई भागमा विभाजित भएको छ

एजेन्सी । इजरायलले उत्तरी गाजामा निकै महत्वपूर्ण आक्रमण गरेको जनाएको छ । रिपोर्टका अनुसार उत्तरी गाजामा आइतबार ठूलो मात्रामा हमला र हवाई हमला गरिएको थियो।

इजरायली सेनाका अनुसार आईडीएफले गाजा शहरलाई घेरेर उत्तरी र दक्षिणी गाजामा विभाजन गरेको छ भने सेना गाजाको भूमध्यसागरको तटमा पुगेको छ ।

इजरायलले अझै पनि उत्तरी गाजा र गाजा सहरका बासिन्दाहरूलाई दक्षिणतिर जानको लागि एउटा कोरिडोर प्रदान गरिरहेको जनाइएको छ । ‘गाजामा कडा आक्रमण जारी राख्नेछ र हामी उत्तरी गाजा र गाजा शहरमा जमिन आक्रमण जारी राख्नेछौं’ इजराइलले भनेको छ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता गाजामा १० हजार मानिसको मृत्यु भएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार