बेल्जियमलाई २–१ ले हराउँदै इटली सेमिफाइनलमा

फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटलीले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले उच्च स्तरको प्रदर्शन गरेका थिए ।

निकोलो बारेलाको गोलले अग्रता लिएको इटालीका लागि लोरेन्जो इनसिघनेले दोस्रो गोल थपे र टिम कीर्तिमान ३२ खेलको अपराजित यात्रा छुन पनि सफल रह्यो । इटालीको यो लगातार १३ औं जित पनि हो ।

बेल्जियमका तर्फबाट रोमेलु लुकाकुले एक गोल फर्काए पनि त्यो विश्व वरीयताको नम्बर १ टिमलाई खेलमा फर्काउन पर्याप्त रहेन । यस हारसँगै उसको स्वर्णिम पुस्ताका खेलाडीको उपाधिविहीन यात्रा कायम रह्यो ।

युरोकपको सेमिफाइनलमा अब इटलीले स्पेनको सामना गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार