अनमोल केसीलाई थुनाएका सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी

केही दिनअघि नायक अनमोल केसीमाथि ठगी अभियोग लगाएर थुनाएका चलचित्र निर्माता सुदर्शन थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

थापाविरुद्ध आपराधिक विश्वासघात आरोपमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । अग्रवालविरुद्ध ४ दिन म्याद थप भइसकेको छ ।

प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

जाहेरीअनुसार प्रसाद-२ का निर्माताले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्‍याएकी दाबी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार