विश्वकप क्रिकेट : पाकिस्तान र नेदरल्याण्डस भिड्दै

 एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै छन् ।  खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो सवा २ बजे सुरु हुने छ । दुवै टोली पछिल्लो पटक गत वर्ष अगस्टमा आमनेसामने भएका थिए । उक्त खेलमा पाकिस्तान ९ रनले विजयी भएकाे थियाे ।

पाकिस्तानले पछिल्ला ५ एकदिवसीयमध्ये २ जित्यो, २ हार्यो र एउटा नतिजा निकाल्न सकेन। पाकिस्तानले यो वर्ष खेलेका १६ मध्ये १० एकदिवसीय जितेको छ । एक खेल भने नतिजाविहीन भएको छ । टोलीले पाँच खेलमा हार बेहोरेको थियो ।

नेदरल्याण्ड्सले पछिल्लो ५ एकदिवसीय मध्ये २ मात्र जितेको छ । २ खेलमा हार र १ खेल बराबरी भएको थियो । यस वर्ष खेलेका १३ एकदिवसीयमध्ये ५ जित्यो, सात खेलमा हार बेहोरेको थियो र एक खेल बराबरी भयो । यो वर्ष नेदरल्याण्ड्सका लागि विक्रमजीत सिंहले सर्वाधिक रन बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार