एसियाड: महिला भलिबलमा पनि नेपाल भारतसँग पराजित

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाली राष्ट्रिय टोली भारतसँग पराजित भएको छ ।

बुधबार बिहान नवौं स्थानका लागि भएको स्पर्धामा नेपाल भारतसँग ३–१ को सेटमा हारेको हो । पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्ना पक्षमा पार्न सफल भयो ।

प्रतिस्पर्धात्मक खेलको तेस्रो सेट २५–२३ ले गुमाएको नेपालले चौथो भारतलाई सुम्पियो । चौथो तथा अन्तिम सेट भारतले २५–१७ ले आफ्ना पक्षमा पार्‍यो ।

नेपाल अब हङकङ, मंगोलिया र अफगानिस्तान सम्मिलित प्लेअफ समूहको विजेतासँग ११औं स्थानका लागि खेल्नेछ । समूह चरणमा भियतनाम र कोरियासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

यसअघि हिजो क्रिकेटको क्वार्टरफाइनलमा पनि नेपाल भारतसँग हारेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार