एली वाहीको सानदार प्रदर्शनमा आर्सनलमाथि लेन्सको जित

एली वाहीको सानदार प्रदर्शनमा फ्रान्सेली टोली लेन्सले च्याम्पियन्स लिगमा आर्सनललाई स्तब्ध पारेको छ ।

मंगलबार राति भएको खेलमा लेन्सले आर्सनलविरुद्ध २–१ को जित हासिल गरेको हो । खेलको ६९औं मिनेटमा प्रजेमिस्लाव फ्रान्कोस्कीको क्रसमा वाहीले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई सफलता दिलाएका हुन् ।

सुरुआतमा केही दबाब बनाएको गनर्स टोली आर्सनले खेलको १४औं मिनेटमा अग्रता बनाएको थियो ।

बुकायो साकाको थ्रु बलमा ग्राबियल जेससको गोलमा आर्सनलले अग्रता बनाएको थियो ।

तर त्यसको ११ मिनेटपछि लेन्सले बराबरी गोल फर्काएको थियो । खेलको २५औं मिनेटमा वाहीको पासमा एड्रियन थोमासनले उत्कृष्ट गोल फर्काएका थिए ।

आर्सनलले सिजनको पहिलो हार बेहोरेको हो । प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीसँग भेट हुनुअघि अर्को झड्का लागेको छ । मांसपेशीमा समस्या आएपछि फरवार्ड बुकायो साकाले ३४औं मिनेटमा मैदान छाडेका थिए ।

जितसँगै लेन्स चार अंकमा समूह बीको शीर्ष स्थानमा छ । ३ अंक भएको आर्सनल दोस्रो र २ अंकमा सेभिल्ला तेस्रो स्थानमा छन् । १ अंक भएको पीएसजभी इन्डोभन पुछारमा छ ।

गएराति नै भएको खेलमा सेभिल्लाले इन्डोभनसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार