हाजिरी जमानीमा छुटे अनमोल केसी

अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आजसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो ।

प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो । अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ । तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।

आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई हिरासतमुक्त गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार