नारायणघाट-मुग्लिन सडकखण्डको जलवीरेमा ट्रकमाथि पहिरो खस्यो

नारायणघाट-मुग्लिन सडकखण्डमा ट्रकमाथि पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ग१ख ९९६१ नम्बरको ट्रकमाथि पहिरो खसेको हो ।

आज बिहान करिब ७ बजेतिर नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ट्रक जाममा परेको बेला पहिरो खसेको हो । पहिरोले ट्रकले पछाडीतिरको आधा भाग पुरेको छ । पहिरोले यात्रुबाहक एक बसमा पनि क्षति पुर्‍याएको छ ।

उक्त सडकखण्ड अहिले दुईतर्फी नै पूर्ण रुपमा बन्द रहेको छ । पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानैदेखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ ।

बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार