आइतबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

लगातार घटिरहेको सुनको मूल्य आइतबार पनि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत सातादेखि सुनको मूल्य विस्तारै ओरालो लाग्दै छ । ६ दिनयता सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटिसकेको छ ।

यस्तै आज चाँँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार