नेपाललाई हराउँदै भारत फाइनलमा 

साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो ।

यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ७४ मिनेटमा नेपालले गोल गर्दै बराबरी गरेको थियो ।

अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । आज नै भएको खेलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार