क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने आज १९औँ एसियन गेम्सका लागि चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् ।

अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज मध्याह्न १२ बजे चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग समूह चरणका खेल खेल्ने छ ।

सन्दीपसँगै आज सागर ढकाल पनि चीन जाँदैछन् । ललित राजवंशी घाइते भएपछि टिममा परेका सागर भिषा समस्याका कारण टिमसँग जान पाएका थिएनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार