बैंकिङ कसूर गरी फरार रहेका तीन जना पक्राउ

बैकिङ कसूर मुद्दामा कैद जरिवाना तोकिई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार तीन दिन कैद, सात लाख ७७ हजार ८९० रुपैयाँ बिगो जरिवाना र क्षतिपुर्ति बापत पीडितलाई ३१ हजार हजार ११५ रुपैयाँ जम्मा गराउने ठहर भएको प्रतिवादी बागलुङका ५४ वर्षीय भिमनाथ उपाध्याय पक्राउ परेका छन् ।

यस्तै बैंकिङ कसूर मुद्दामा आठ लाख ५१ हजार २०० जरिवाना, ३६ हजार क्षतिपूर्ति शुल्क र एक दिन कैद सजायको ठहर भएका सिन्धुपाल्चोककी ४२ वर्षीय लाक्पा तामाङ लामा पक्राउ परेका छन् ।

यसैगरी, चार लाख पाँच हजार जरिवाना, एक दिन कैद र अर्का जाहेरीको मुद्दामा पनि ६ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका काठमाडौंकी ३० वर्षिया मेनुका पहाडीलाई प्रहरीले पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उपाध्याय र पहाडीलाई काठमाडौं जिल्ला अदालत र लामालाई जिल्ला अदालत लगनखेलमा पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार