यू-१९ साफ च्याम्पियन्सिप: मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।

सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ । आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन् ।

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो ।

पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । पाकिस्तानसँग बराबरी गरेको मालदिभ्स १ अंकमा तालिकाको पुछारमा रहँदै समुह चरणबाटै बाहिरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार