बास्केटबलमा नेपाली महिला टोलीको पहिलो हार

१९ औं एसियाली खेलकुद अन्तर्गत थ्री बाई थ्री बास्केटबलमा नेपालको महिला टोलीले पहिलो हार व्यहोरेको छ ।

सोमबार बिहान डेकिङ जियोग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा भएको समूह बी को आफ्नो पहिलो खेलमा नेपाली महिला टोली जापानसँग २२–४ ले पराजित भएको हो । समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार काजकिस्तानसँग खेल्नेछ ।

आजै बिहान भएको रग्बी सेभेन्समा नेपालको पुरुष टोली फिलिपिन्ससँग पराजित भएको छ । हाङझाउ नर्मल युनिर्भसिटी क्याग्यिन एथलेटिक्स फिल्डमा भएको खेलमा नेपाली टोली ५५–० ले पराजित भएको छ ।

नेपाली टोलीले आजै थाइल्याण्डको सामना गर्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार