राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजापाठ

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

सोमबार बिहान जनकपुरधाम आएका राष्ट्रपति पौडेल मन्दिरमा पूजापाठ गरेर मन्दिर क्षेत्रको अवलोकन गरेका हुन् ।

पूजापाठ पछि राष्ट्रपति पौडेललाई मन्दिरका महन्त रामतपेश्वर दासले मायाको चिनोस्वरूप जानकी मन्दिर अंकित तस्बिर दिएका थिए ।

उनीसँगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, नेकपा एमालेकी नेता जुलीकुमारी महतो, प्रदेश सरकारका मन्त्रीहरू रहेका थिए ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेको छ ।

सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार