एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने छ । नेपाल र जापानबीचको खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।

महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो ।

नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो । जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । उक्त समूहमा जापान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार