राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रिय सभा सचिवालयका अनुसार आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्नेगरी तयारी थालिएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् । बिहीबार हिउँदे अधिवेशन सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने चासो व्यक्त गरेको र त्यसको तयारी थालिइसकिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए ।
राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार