नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा खड्का प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै सचिव पदमा निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसले ४३ मत पाउँदा प्रशान्त विक्रम मल्लले ३२ मत पाएका छन् । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

यसैबीच, अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार