सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्दा चाँदी १५ रुपैयाँले बढ्यो

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको मूल्य आज चार सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी हिजो तोलामा ५ रुपैयाँले बढेको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार