यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ २६ पैसा र बिक्री दर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार