तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । तेजावी सुन बुधबार तोलाको १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार