राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि, अपराह्न चार बजे बैठक

राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट सुरु हुँदै छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो । बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आहृवान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ ।

अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ । बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ ।

एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनुपर्ने संवैधानिक प्रावधानअनुसार राष्ट्रिपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार