एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने 

एसियाली विकास बैंक (एडीबी) ले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बुधबार एडीबीले ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भए पनि एडीबीको प्रक्षेपण अनुसार यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत पुग्ने छ ।

यस्तै, चालु आर्थिक वर्षमा नेपालको मुद्रास्फीति अर्थात महंगी घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार