प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

 प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५२ विन्दुले बढेको छ । यससँगै सूचक १९६५.४४ विन्दुमा रहेको छ । १ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २१ हजार ८६ कित्ता सेयर कारोबार भएको हो । 

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ४ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार