सुनको मूल्य स्थिर

साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिन अर्थात बुधबारको मूल्यमामा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

कारोबारका अघिल्लो दिन बुधबार प्रतितोला एक हजार ३९० रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३८५ रुपैयाँमा कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार