ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
अभियुक्त केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । अभियुक्तमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
कसलाई कति धरौटी?
- मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
- विनोद पौडेल– १५ लाख
- कलाधर देउजा –१५ लाख
- रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
- घमन कुमार कार्की– ७ लाख ५० हजार
- बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
- शिवजी भट्ट–३ लाख ३० हजार
- लोकहरि घिमिरे –७ लाख ५० हजार
- गोपाल कार्की –७ लाख ५० हजार
- योगराज पौडेल– ७ लाख ५० हजार
- नारायणराज मिश्र –७ लाख ५० हजार
- अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
- ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
- बाबुराजा महर्जन– १ लख १० हजार
- देवनारायण महर्जन – १ लाख १०
- सकलानन्द महर्जन– १ लाख १० हजार