माेरक्काेमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु

मोरक्को । मोरोक्कोमा शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ।

भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण आउन बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार