मोरक्कोमा शक्तिशाली भूकम्प, ६३२ जनाको मृत्यु

मोरक्कोमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ६३२ पुगेको छ । यस्तै घाइते हुनेको संख्या ३२९ पुगेको छ।

मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुरुमा ३१.११ डिग्री उत्तर अक्षांश र ८.४४ डिग्री पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको बताइएको छ ।

भूकम्पपछि उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरू सम्भावित पराकम्पहरूको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो । तरौडान्ट र माराकेस सहरहरूमा भूकम्पका कारण धेरै घरहरू भत्किएका छन् ।

मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ । घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार