एकीकृत समाजवादीले बनायो राजेन्द्र पाण्डेको नेतृत्वमा एमसीसी अनुगमन समिति

नेकपा एकीकृत समाजवादीले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

समितिमा अन्य गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एक जना विषय विज्ञ राखिने उनले बताए । व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएको वा नबनाएको अनुगमन गर्ने र संसदीय अनुगमनका लागि दबाब दिने उद्देश्यले अनुगमन समिति बनाएको खतिवडाले बताए ।

त्यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्र संघ र चीनमा जानेबारे पार्टीले छलफल गर्ने निर्णय गरिएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार