मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पक्राउ

मधेश प्रदेशका प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव पक्राउ परेका छन् । सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित यादवलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनी राजविराज नगरपालिका ७ बाट पक्राउ परेको सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो ।

उनलाई अदालतमा पेस गरिएको छ । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तबीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा यादवसमेत आरोपी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार