स्वास्थ्य सेवा विभागले माग्यो १० सुरक्षा गार्ड (विस्तृत सूचनासहित)

स्वास्थ्य सेवा विभागले १० जना सुरक्षागार्ड करारमा भर्नाका लागि प्रस्ताव आह्वान गरेको छ ।

विभागले शुक्रबार सूचना जारी गरी टेकुस्थित कार्यालयका लागि ७ र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ गरी १० जना सुरक्षागार्ड मागेको हो ।

यसका लागि विभागले इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ ।

सूचनाअनुसार त्यसरी नियुक्त सुरक्षागार्डको सेवाअवधि एक वर्ष हुनेछ । सेवा सन्तोषजनक देखिए अरू एक वर्ष म्याद थप गर्न सकिने छ ।

इच्छुक व्यक्ति तथा संस्थालाई सार्वजनिक खरिद अनुगमन कार्यालयको वेब साइटबाट डाउनलोड गरी दस्तुरबापत ३ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको विभागको खातामा जम्मा गरिएको भौचर पेस गर्न विभागले भनेको छ । आवेदन असोज १५ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार