ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध हुने

अमेरिकी अर्बपति व्यापारी एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडिओ र अडिओ कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन् ।

उनले यो नयाँ फिचरले एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए ।

उनले लेखेका छन्, ‘एक्समा अडिओ र भिडिओ कलिङ सुविधा चाँडै आउँदै छ । यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ ।’

यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन । एक्समै यी कलहरूका लागि विश्वव्यापी ठेगाना पुस्तिका हुनेछ । यो यस सुविधाको सबैभन्दा विशेष कुरा हुनेछ ।

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ ।

ट्विटरमा भिडिओ तथा अडिओ कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार