ट्विटरले लोगोमा निलो चरो हटाएर राख्यो एक्स

चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ । सोमबार दिउँसो ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको हो ।

ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए ।

ट्विटरका प्रमुख एलन मस्कले आफू चराबाट मुक्त हुन चाहेका थिए । ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले ट्विट गरेका छन् । आफूले किनेदेखि नै मस्कले ट्विटरको रिब्रान्डिङ गर्ने भन्दै विभिन्न परिवर्तन गरिरहेका छन् ।

केही समयअघि उनले भेरिफाइड हुन पैसा तिर्नुपर्ने नियम ल्याएका थिए । मस्कले पनि आफ्नो प्रोफाइल पिक्चरमा नयाँ लोगो राखेका छन् र आफ्नो ट्विटर बायोमा ‘एक्स डट कम’ थपेका छन् । समाचारहरुमा जनाइएअनुसार उनी ‘एक्स’ नामको सुपर एप’ बनाउन चाहन्छन् ।

ट्विटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुनस्ब्रान्डिङ प्रक्रिया एक उत्साहपूर्ण अवसर भएको प्रतिक्रिया दिएकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार