पार्टी कसरी चल्छ भन्ने प्रश्नले १७ अर्ब घोटालाका आरोपी जोगिन्छन्

झण्डै १७ अर्ब बढी घोटालाको आरोप लागेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई जोगाउने अन्तिम कसरत सुरु भएको छ । अघिल्लो सातासम्म कुनै हालतमा भ्रष्टलाई कारबाही गर्ने भनेर कस्सिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई प्रचण्डले पार्टी कसरी चल्छ भन्ने प्रश्न गरेपछि अधिकारी जोगाउने चलखेल फेरि सतहमा आएको हो ।

मन्त्री किराँतीले अघिल्लो हप्ता सोधेको स्पष्टीकरणमा अधिकारीले सरकारले रौँ हल्लाउन नसक्ने भन्दै स्पष्टीकरणको जवाफ नदिने अडान लिएका थिए । त्यसपछि विकसित घटनाक्रमको अध्ययन गरेर अधिकारीले बुनेको अर्को जालमा मन्त्री र प्रधानमन्त्री प्रचण्ड फस्ने करिब करिब निश्चित देखिएपछि अधिकारी अहिले किराँतीसँग समेत नरमजस्तै देखिने रणनीतिमा छन् ।

अधिकारीले प्राधिकरणको नेतृत्वमा रहेर राज्यकोषमा चरम अनियमितता गरेको निष्कर्षसहित सोधेको ९ बुँदे स्पष्टीकरणलाई धोती लगाइदिएपछि सोधिएको अर्को स्पष्टीकरणको जवाफ भने अधिकारीले निम्छरो भाषामा तयार पारिसकेका छन् ।

यद्यपि मन्त्रीको सचिवालयले यसको खण्डन गरेकाले १७ अर्ब बढी घोटालाका आरोपीप्रति किराँतीमा नाटकीय परिवर्तन हुने कुरा अनुमान बाहिरको हुने नागरिक उड्डयन प्राधिकरणका एक पूर्व महानिर्देशकको बुझाई छ । नाम नलेख्ने सर्तमा उनले टिभी अन्नपूर्णसँग भने कि,त मन्त्रीज्यूले अहिलेसम्म गरेका स्पष्टीकरण माग्नेदेखि सबै काम अधिकारीलाई गलाएर आर्थिक लाभ लिने प्रोपोगाण्ड हुनपर्‍यो नत्र तँलाई मैले जवाफ दिन्न भनेको कर्मचारीलाई नै फेरि जोगाउनुपर्ने बाध्यता आइलाग्नु रहस्यमय छ ।

उता, पूर्वमन्त्री प्रेम आलेले समेत अधिकारीलाई जोगाउनकै लागि शुक्रबार पत्रकार सम्मेलन नै गरेर सरकारलाई धम्काएका छन् । प्रदीप अधिकारीको नेतृत्वमा भएका प्राधिकरणभित्रका चरम अनियमितताको अंशियारको रूपमा समेत चिनिने आले पछिल्लो समय अधिकारी ढल्दा आफ्नो लुटको साम्राज्य ढल्ने भयमा रहेको धेरैको बुझाई छ । यसकारण आलेले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई समेत अधिकारीलाई जोगाउन दबाब दिँदै आएका छन् ।

रोचक त मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई हटाउने मनसायसहित ११ असारमा ७ दिनभित्र जवाफ दिनेगरि सोधेको स्पष्टीकरणको जवाफ नदिएर राजनीतिक शक्ति केन्द्रमा दौडधुप बढाएपछि अधिकारी किराँतीलाई नै ब्याक गराउन कसरी सफल हुदैँछन भन्ने प्रश्न अहिले चौर्तफी उब्जिएको छ ।

किराँतीलाई गलाएर ठिक पार्छु भन्ने गरेका अधिकारीले बाहिर अडानबाट टसको मस नदेखिने भित्रभित्रै किराँतीको घाँटी च्यापेर ठेगान लगाउने मनस्थितसहित अघि बढेको अधिकारीप्रति शुभेच्छा राख्ने मन्त्रालय स्रोतको बुझाई छ ।
एकातिर शक्तिकेन्द्रको दैला दैलामा पुगेर किराँती विरोधी शक्ति बलियो बनाउने र अर्कोतर्फ प्रचण्डपुत्रीको अडियो देखाएर प्रधानमन्त्री गलाउने अधिकारीको रणनीति नै अन्ततः अधिकारीले आफु निकटलाई सुनाउने गरेको किराँतीलाई माटो चटाउने योजना भएको उनीहरूको बुझाई छ ।

पहिलो स्पष्टीकरणको जवाफ दिन्न क्षमता भए कारबाही गरेर देखाऊ भनेका अधिकारीलाई दोस्रो स्पष्टीकरणका लागि २० असारमा मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । तर, अधिकारीको अडियो जालमा फसिसकेका प्रचण्डमाथि एसका नेता आले र अध्यक्ष नेपालको समेत दबाब बढेकाले कुनै निर्णय दिन सकेनन् ।

पहिलो स्पष्टीकरण लगत्तै गङ्गा दाहालमार्फत प्रधानमन्त्रीलाई भेट्न अधिकारी बालुवाटार पुगेका थिए । पछिल्लो समय आफुले केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेका प्रचण्डले अधिकारीलाई मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ दिन भनेका थिए । तर, अधिकारीले सोही आफुले सुरक्षित राखेको भन्ने गरेको गङ्गा दाहालको अडियोको प्रसङ्ग जोडेर जवाफ नदिने भन्दै निस्किएको स्वयं प्रधानमन्त्री सचिवालयकै एकजनाले सुनाएका छन् । अडियो भनेपछि तर्सिएकी प्रधानमन्त्री पुत्री एवं प्रधानमन्त्रीकी मुख्य स्वकीय गङ्गा दाहालले त्यही बिचमा पनि अधिकारीलाई आत्तिनुपर्ने अवस्था नरहेको भन्दै महानिर्देशक र मन्त्रीको सम्बन्ध सुधारका लागि विभिन्न प्रयास गरेकी थिइन । यसमा प्रचण्ड समेत आत्तिएर अधिकारीलाई जोगाउन विभिन्न प्रयास नगरेका होईनन ।

यद्यपि हठी स्वभावका र पछिल्लो पटक आफूलाई खरो रूपमा प्रस्तुत गरिरहेका मन्त्री किराँतीले बरु पद छाड्न तयार छु अनियमितता हेरेर टुलुटुलु बस्न सक्दिन भन्ने गरेका किराँतीमा आएको नाटकीय परिवर्तनले धेरै प्रश्नहरू उब्जिएका छन् । त्यसो त एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासँग समेत मोटो आर्थिक चलखेलमार्फत निकट सम्बन्ध राखेका अधिकारीले उक्त शक्ति केन्द्र पनि परिचालन गरेको धेरैको बुझाई छ ।

उनीमाथि जो सुकैले पनि प्रश्न उब्जाएर तत्काल आर्थिक लाभ दिएर उसको आवाज तुरुन्त बन्द गर्न सक्ने अधिकारी प्राधिकरणका सबैजसो ठूलो परियोजनाको प्रमुख भएर काम गर्दा अकुत सम्पत्ति आर्जन गरेका छन् । नेपालका गौरवका भनिएका पोखरा अन्तरष्टिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना प्रमुख हुँदा भएको चरम अनियमिततामा समेत नेता र राजनीतिक दलहरूले अधिकारीबाट प्रशस्त आर्थिक लाभ लिएका लिएका छन् । उनीहरू समेत अहिले अधिकारीलाई जोगाएर आफ्नो आयस्रोत सुनिश्चित गर्न चाहान्छन ।

त्यसमाथि मन्त्री किराँती एकोहोरो भएर अधिकारीलाई हटाउन लागेका बेला प्रधानमन्त्री प्रचण्डले पार्टी कसरी चल्छ भन्ने प्रश्न तेर्साएपछि अधिकारीलाई हटाएर अख्तियारको जिम्मा लगाउने किराँतीको सपना अधिकारीले चकनाचुर पारिदिएको अर्थमा विश्लेषण हुन थालेको छ ।

राम्रो आर्थिक लाभ लिएर अधिकारीको इशारामा चल्ने गरेको आरोप लागेका मन्त्रालयका एक सहसचिवले त अब महानिर्देशक अधिकारीमाथि कुनै कारबाही नहुने दाबी गरे । उनैले दोस्रो चरणको स्पष्टीकरणको जवाफ लेखिसकेको प्रमाण समेत टिभी अन्नपूर्णले प्राप्त गरेको छ । असाध्यै निम्छरो भाषामा लेखिएको जवाफले तत्काललाई किराँतीलाई जिल्याउन सके अहिलेलाई किराँती असफल देखिने र यसपछि कसैले हल्लाउन नसक्ने अधिकारी टिमको निष्कर्ष छ ।

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण

प्रचण्ड सरकारले केही गर्न नसक्ने भन्दै अधिकारीले बुझाएनन् स्पष्टीकरणको जवाफ

दर्जनौँ आरोपले डामिएका डिजी जोगाउन प्रधानमन्त्री पुत्री लागेकै हुन ?

बालेनलाई स्पष्टीकरण सोधेका अधिकारी भन्छन् – सरकारले सोधेका प्रश्नको जवाफ मैले दिन्न

सरकारले सोध्यो उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण

मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन

आफैँलाई बढुवा गर्न बदनाम महानिर्देशकको नियमावलीविपरीत काम

प्राधिकरणका महानिर्देशक अधिकारीको दबाबमा उड्डयन सुरक्षाको गम्भीर उल्लंघन

ढले प्रदीप अधिकारीका दुई खम्बा, जसले महानिर्देंशकका लागि असुली धन्दा चलाउँथे

पर्यटनमन्त्री किराँतीको आशालाग्दो संकेत, महानिर्देशकलाई भने- अख्तियार पठाउँछु

पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

बिचौलियाका रुपमा चिनिने महानिर्देशक अधिकारीका कारण बदनाम बन्दै नेपालको उडड्यान क्षेत्र

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक बन्दा आरजुलाई बुझाएको रकम फिर्ता माग्दै प्रदीप अधिकारी

प्राधिकरणका महानिर्देशक अधिकारीमाथि अख्तियार र सम्पत्ति शुद्धीकरणमा दर्जनौँ उजुरी

अधिकारी महानिर्देशक बनेपछि हचुवाका भरमा गरेको सातौं निर्णय पनि फेल

गलत नियतले अधिकारीले गरेको निर्णय अवज्ञा गर्दा लुक्ला जाने यात्रु रुम्जाटार

कमिशनका लागि विमानस्थलमा विदेशी ल्याउने अधिकारीको योजना तुहियो

नागरिक उड्ययन प्राधिकरणका डीजीलाई भेटेर प्रधानमन्त्रीले भने-‘तपाईलाई कारबाही हुन्छ’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार