पोखरा विमान दुर्घटनाको सूचना लुकाउन कर्मचारीलाई महानिर्देशक अधिकारीको दबाब

पोखरामा अधिकारीका बिरुद्ध दुर्घटनामा परेका यात्रुका परिवारको नाराबाजी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पोखरा विमान दुर्घटनाको विषयमा सञ्चारमाध्यामलाई कुनै सूचना नदिन उर्दी जारी गरेका छन् । पोखरामा भएको विमान दुर्घटनामा प्राधिकरणको गम्भीर लापरबाही देखिने भएपछि अधिकारीले मातहतका कर्मचारीलाई सञ्चारमाध्यमलाई कुनै सूचना नदिन निर्देशन दिएका हुन । अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा आयोजना प्रमुख भएर मोटो कमिसन लिएर कमसल काम गराएका व्यक्तिका रुपमा चित्रित हुने गरेका छन ।

बिवादस्पद छबीका उनै अधिकारीमाथि पछिल्लो समय महानिर्देशक बनेपछि विमान कम्पनीसँग हप्ता असुलीको धन्दा चलाएर प्राविधिक समस्या देखिएका विमानलाई समेत उडान अनुमति दिँदै आएको आरोप छ । सर्वोच्च अदालत, सम्पत्ति शुद्धीकरण आयोग र अख्तियारमा समेत आधा दर्जन उजुरी र मुद्दा खेपिरहेका महानिर्देशक अधिकारीका कारण पछिल्लो समय नेपालको  उड्डयन क्षेत्र तहसनहस बनेको भन्दै बिज्ञहरुले समेत ७ महिनामा गण्डकी प्रदेशको आकाशमा मात्रै दुई ठुला दुर्घटना हुनु प्राधिकरणको गम्भीर लापरबाही भएको जनाएका छन ।

गएको जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुदाँ २२ जनाको ज्यान गएको ७ महिनामै अर्को ठुलो दुर्घटना हुनु असामान्य भएको भन्दै यससमा कर्मकाण्डी छानबिन आयोगले मात्रै काम नगर्ने उनिहरुको भनाई छ । पछिल्ला दुईवटै दुर्घटनालाई नजिकबाट नियालिरहेको बरिष्ठ पाईलट भन्छन प्राधिकरणको नेतृत्व कमिशन र ठेक्कापट्टामा मात्रै लिप्त हुदाँ यस्ता दुर्घटना दोहोरिएका हुन ।

सुरक्षित मानिएको विमान र उडान रुटमा समेत ७२ जनाको ज्यान जाने गरि भएको दुर्घटनाले नेपालको उड्डयन क्षेत्रमाथि अन्तर्राष्ट्रिय मिडियाले समेत प्रश्न उठाएका छन । यता दुर्घटनापछि यात्रुका परिवारले अस्पताल परिसरमै प्राधिकरणका महानिर्देशक अधिकारीको नामै लिएर कालोमसो र जुत्ताको माला लगाउनुपर्ने माग गरे ।

दुर्घटनाग्रस्त विमानका पाइलट कमल केसीले समेत पोखरा अन्तरष्टिय विमानस्थलको उद्घाटन हतारमा गरिएकाले उडान जोखिमपूर्ण हुन सक्ने भनाई यसअघि नै सार्वजनिक गरेका थिए । चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तरष्ट्रिय विमानस्थलका गर्नुपर्ने धेरै काम बाँकी हुँदै उनै महानिर्देशक अधिकारीले विभागीय मन्त्री आएपछि आफु छायाँमा परिने भन्दै हतार हतार उद्घाटन गराएका थिए । विज्ञहरूले दिएको सुझावलाई समेत बेवास्ता गरि हतारमा उडान थालेकै कारण दुर्घटना भएको हुन सक्ने अनुमान समेत बिज्ञले गरेपछि यसबाट बच्न दुर्घटनाको भोलिपल्टै नागरिक उड्डयन प्राधिकरणले यससँग सम्बन्धित कुनै पनि सूचना सार्वजनिक नगर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको हो । यसले उजुरी र मुद्दाका चाङमा उभिएका बिवादस्पद छबीका महानिर्देशक अधिकारीमाथि थप प्रश्न उब्जिएका छन ।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट दुई किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने तीनजनाको खोजी कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ ।

जहाजको ‘ब्ल्याक बक्स’ फेला परिसकेको र काठमाडौं ल्याएर जाँचबुझ समितिलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ । सरकारले आइतबार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको छ।

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाईविज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछाने रहेका छन् । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार