मन्त्री र प्राधिकरणका महानिर्देशकबीच खटपट, अधिकारीले आफु निकटसँग भन्छन् मन्त्रीले पैसा माग्छन

महानिर्देशक अधिकारीले माओवादीकै किराँती बिरोधी नेतालाई सुनाएको अडियो के हो ?

संस्कृति पर्यटन तथा नागरिक उडड्यानमन्त्री सुदन किराँती र नेपाल नागरिक उडडयान प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीचको खटपट अहिले सतहमै देखिएको छ ।

विभागीय मन्त्रीसँग प्राधिकरणका महानिर्देशकको टसल सतहमा देखिदाँ अहिले प्राधिकरणका दैनिक काम समेत प्रभावित बनेका छन ।

महानिर्देशकले दैनिक मातहतका आफुनिकटलाई जम्मा पारेर जिरो नलेजको मन्त्रीका कारण आफुलाई अप्ठयारो भएको भन्ने गरेका छन । यसले नेपालको नागरिक उडड्यान क्षेत्रमात्रै अस्तव्यस्त बनेको छैन, हवाई सुरक्षामा उठेका प्रश्न समेत थप चुलिएका छन । प्राधिकरणको नेतृत्व मन्त्रीसँगको टसलमा अल्झिदा हवाई दुर्घटनाका घटना बढेका छन भने मातहत कर्मचारीहरु समेत अनियमिततामा संलग्न  भएका घटना एकपछि अर्को गदै बाहिरिएका छन ।।

त्यसो त सार्वजनिक पदमा बसेर अकुत आर्जन गरेका महानिर्देशक अधिकारी आर्थिक चलखेलमार्फत नेता रिझाउन सिपालु छन । उनले नयाँ सरकार बन्दा पर्यटन मन्त्रालयमा डोल्पाका धनबहादुर बुढा मन्त्री आउने भएकाले काम गर्न सजिलो हुने प्राधिकरण निकटका निमार्ण व्यवसायीलाई सुनाएका थिए । सोही अनुसारपोखरा विमानस्थल उदघाटनमा प्रचण्डलाई खुसी पार्ने र विभागीय मन्त्री चयनमा समेत प्रभाव पार्ने उनको योजना थियो ।

तर, अधिकारीको कल्पनाबिपरित माओवादी केन्द्रका सुदन किराँती मन्त्री बन्ने र त्यसमाथि पहिलो बैठकमै उनै अधिकारीलाई संकेत गरेझै प्राधिकरणभित्रका अनियामितता नरोकिए आफु चुप नबस्ने उदघोष गरेपछि अधिकारी झन बिच्किए ।

यता मन्त्री भष्ट्राचार हुन नदिने भन्दै अधिकारीका गलत कामका बिरुद्ध उभिने । उता प्रधानमन्त्री कार्यलयमार्फत महानिर्देशक अधिकारीलाई ग्रिन सिग्नल मिल्ने घटनाले खटपट झन पछि झन पेचिलो बनेको चर्चा प्राधिकरण भित्र छ ।

महानिर्देशक र मन्त्री बीचको टसल पेचिलो बन्दै जादाँ यसको असर अहिले प्राधिकरणको तल्लो तहसम्मै छ । महानिर्देशकले कुनै पनि काम गर्दा  सिधै प्रधानमन्त्री सचिबालयको  राय लिने र उतै रिर्पोटिङ गर्छन । ।

प्राधिकरणको आन्तरिक बैठकमा अधिकारीले मन्त्रीले भेटे पैसा माग्ने गरेकाले आफु सिधै प्रधानमन्त्री कार्यलयलाई रिर्पोटिङ गर्न थालेको सम्म भन्ने गरेको प्राधिकरणकै उच्च अधिकारी बताउँछन ।

टिभी अन्नपूर्णसँग ती कर्मचारीले ,आन्तरिक बैठकमा महानिर्देशकज्यूले धेरैपटक जिरो नलेजको मन्त्रीका कारण काम गर्न अप्ठयारो भएको,काम नगर्ने हल्ला गरेर सेलिब्रेटी बन्न खोजेको भन्ने गरेको सुनाए ।

मातहत कर्मचारीको बैठकमा मात्रै होईन निकटस्थहरुसँग बसेको समयमा समेत जिरो नलेजको मन्त्रीका कारण धेरै कुरा बिग्रिएको भन्दै अधिकारीले मन्त्री किराँतीको चर्को आलोचना गर्ने गरेका छन ।

आफ्नो उदेश्य पुरा गर्न जस्तोसुकै कदम चाल्ने उनले मन्त्रीलाई बाईपास गरेर प्रधानमन्त्रीको कार्यलयमा पुगेका मात्रै छैनन । उनकै पार्टीभित्र पसेर केहि नेताहरुसँग अस्वभाविक हिमचिम समेत बढाएका छन । गत सोमबार सानेपास्थित एक होटलमा खाना खान भन्दै बोलाएर माओवादी केन्द्रकै नेतासँग अधिकारीले मन्त्रीको चर्को आलोचना गरेको स्रोतको दाबी छ ।
भेटमा मन्त्री किराँतीसँग भएको कुराकानीको लामो अडियो क्लिप देखाएर अधिकारीले यहि यो रियालिटी सोच्नुस् भन्दै उनिहरुलाई मन्त्री किराँतीका बिरुद्ध प्रचण्डलाई दबाब बढाउन उक्साएका एक सहभागिले बताए । तर अधिकारीले सुनाएको अडियोमा के थियो भन्ने विषयमा भने उनले खुलाउन चाहेनन ।

प्राधिकरणको आन्तरिक बैठकमा समेत धेरैपटक मन्त्रीले भेटे पैसा माग्छ भन्ने गरेका अधिकारीले किराँतीका बिरोधी माओवादी नेताकार्यकर्तालाई बोलाएर सुनाएको त्यो अडियोमा समेत कुनै लेनदेनको कुरा हुन सक्ने अनुमान छ ।

त्यसो त प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी उच्च पदस्थ व्यक्तिसँगका हरेक कुराकानीलाई टेप गर्ने गरेका छन । यसअघि पर्यटन तथा नागरिक उडडयानमन्त्री बनेका प्रेम आलेलाई समेत अधिकारीले टेप देखाएर आफुअनुकुलका निर्णय गराएको समाचार बाहिरिएको थियो ।

पछिल्लो पटक प्रचण्ड पुत्री तथा प्रधानमन्त्रीका मुख्य स्वकीय सचिब गगा दाहालसँग भएका फोन र भेटका कुराहरु समेत महानिर्देशक अधिकारीले टेप गर्ने गरेको प्रधिकरण उच्च स्रोत बताउँछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार