एक करोड २५ लाखको गाँजासहित दुई जना पक्राउ

लागुऔषध तस्करी विरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूबाट करिब १.२५ करोड रुपैयाँ बराबरको गाजा बरामद भएको छ ।

गाँजा ओसारपसार गरेको बारे विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासि गर्दा लागुऔषध बरामद गरेको महासमुण्डका प्रहरी उपरीक्षक (एसपी) धर्मेन्द्र सिंहले बताएका छन् ।

खोजीका क्रममा प्रहरीले ५०० केजी गाँजा बरामद गरेको बताउँदै बरामद गाजाको मूल्य करिब १ करोड २५ लाख बराबर रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार